Kathmandu Press

दुल्लुमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

दैलेख, साउन ३ : दैलेखको दुल्लु नगरपालिकामा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।पानी ट्यांकीमा डुबेर दुल्लु नगरपालिका ३ सियालाका बखत महतका...
दुल्लुमा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

दैलेख, साउन ३ : दैलेखको दुल्लु नगरपालिकामा पानी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।

पानी ट्यांकीमा डुबेर दुल्लु नगरपालिका ३ सियालाका बखत महतका छोरा दिनेश र छोरी अनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। दुवै जना कर्णाली–कोटाछाल–दुल्लु लिफ्टिङ खानेपानीको बोडघाटमा रहेको ट्यांकीमा डुबेका थिए।

ट्यांककी खुलै राखिएकाले बालबालिका गएको स्थानीय बासिन्दाले बताएका छन्। खानेपानी आयोजनाको लापरबाहीका कारण बालबालिकाको ज्यान गएको स्थानीय बासिन्दाको भनाइ छ।

 

प्रकाशित मिति: ०८:५२ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्