Kathmandu Press

वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना

सुर्खेत, साउन ३ : कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ।सुर्खेतमा स्थापित व्यवस्थापन केन्द्रको मुख्यमन्त्री जीवनबहादुर शाहीले...
वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना

सुर्खेत, साउन ३ : कर्णाली प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र स्थापना गरेको छ।

सुर्खेतमा स्थापित व्यवस्थापन केन्द्रको मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका छन्। केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीवासीले विगतको जस्तो स्वास्थ्य समस्या अब भोग्न नपर्ने र उपकरण तथा आवश्यक सामग्री प्रदेश आफैले व्यवस्थापन गर्ने बताए।

Hardik ivf

कर्णाली प्रदेशले विगतको महामारीको समयमा सामग्री अभाव पूर्तिका लागि केन्द्र तथा लुम्बिनी प्रदेश तोक्नुपर्ने अवस्था थियो। अब त्यो समस्याबाट मुक्त हुने उनको भनाइ थियो।

कर्णाली प्रदेश प्रहरी मातहत रहेका प्रहरी तालिम केन्द्र, सङ्घीय प्रहरी एकाइ, दङ्गा नियन्त्रण प्रहरी कार्यालयलगायत अझै पनि बाँकेको नेपालगञ्जबाट सञ्चालन हुँदै आएका छन्। ती संरचना कर्णालीमा ल्याउन पहल भइरहेको मुख्यमन्त्री शाहीले बताए।

प्रकाशित मिति: ०८:०२ बजे, मंगलबार, साउन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्