Kathmandu Press

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँची, साउन ३: बारीमा आएका बाँदर धपाउने क्रममा घाइते भएका अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ।छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा टङ्क खनाल...
अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँची, साउन ३: बारीमा आएका बाँदर धपाउने क्रममा घाइते भएका अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ।

छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा टङ्क खनाल लडेर घाइते भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय गिरिबाबु खनालले बताए।

उनी गम्भीर घाइते भएपछि उपचारका लािग लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। उनको गएराति बुटवलमै मृत्यु भएको परिवारजनले जनाएका छन्।

प्रकाशित मिति: ०७:१७ बजे, मंगलबार, साउन ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्