Kathmandu Press

थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि

काठमाडौं, साउन २ : थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ ।देशमा भएको लामो बिदा र पछिल्लो...
थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण दरमा वृद्धि

काठमाडौं, साउन २ : थाइल्याण्डमा गम्भीर प्रकृतिका कोभिड–१९ सङ्क्रमण यससँग सम्बन्धित मृत्युको सङ्ख्या पुनः बढेको जनाइएको छ ।

देशमा भएको लामो बिदा र पछिल्लो समय कोभिडको अत्यधिक सङ्क्रामक ओमिक्रोन उप–प्रजातीको फैलिएका कारण भेन्टिलेटरमा रहेका अधिकांश जटील घटना र सङ्क्रमित व्यक्ति राजधानी बैंकक र छिमेकी प्रान्तहरूमा भेटिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा रोग नियन्त्रण विभागका महानिर्देशक ओपस कर्णाविन्पोङले बताएका हुन् ।

Hardik ivf

उनले भने, “गतहप्ता पत्ता लागेका अधिकांश नयाँ सङ्क्रमितहरू वृद्ध तथा दीर्घकालीन रोग लागेका मानिसलगायत उच्च जोखिम भएका समूहमध्ये थिए, जसमध्ये धेरैलाई खोप लगाइएको थिएन वा पूर्ण खोप लगाइएको थिएन ।” 

“हालैका बिदाको क्रममा अन्तर–प्रान्तीय यात्रामा आएको अत्यधिक वृद्धिले गर्दा कोभिड–१९ सङ्क्रमणहरूको सङ्ख्यामा वृद्धि हुनु स्वभाविक होे र यसलाई नियन्त्रणमा राख्न थप निगरानीको आवश्यकता पर्दछ,” ओपसले भने । 

सम्भावित प्रकोपलाई फैलिन नदिन तयारीका लागि कोभिड–१९ का औषधि तथा चिकित्सा सामग्रीहरू खरिद गर्न थाई मन्त्री परिषद्ले सोमबार झन्डै ११ करोड अमेरिकी डलर छुट्याउने प्रस्ताव अनुमोदन गरेको छ । 

थाइल्याण्डले सोमबार थप एक हजार ८१४ जनामा कोभिड–१९ र १७ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेको छ । 

प्रकाशित मिति: २०:५१ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्