Kathmandu Press

‘सेल्फी किङ’ को फष्ट लुक सार्वजनिक

काठमाडौं, मंसिर ३ :  विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ को पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा विपिन कार्कीलाई मात....

‘सेल्फी किङ’ को फष्ट लुक सार्वजनिक

काठमाडौं, मंसिर ३ :  विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ को पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा विपिन कार्कीलाई मात्रै देखाइएको छ।

‘सेल्फी किङ’ मा विपिन सोही नामको हाँस्य कलाकारका रुपमा देखिनेछन्। ठूलो पर्दामा उनी टेलिभिजनका चर्चित कलाकारको पात्रमा रुपमा देखिने छन्। फिल्ममा टेलिभिजनका कलाकारले उक्त क्षेत्रबाट पाएको सफलता र निजी जीवनबीचको सन्तुलन मिलाउन भागदौड गर्नु परेको कथावस्तुलाई समेटिएको छ।

Hardik ivf

सिनेमाबाट विशाल सापकोटाले निर्देशकमा डेब्यु गरेका छन्। कमेडी र नाटकले भरिएको यो फिल्ममा अन्य कलाकारको प्रस्तुति रहेको छ। चलचित्रमा लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, सविन बाँस्तोला, लाकमणि सापकोटा, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ। 

सिनेमालाई निर्देशक दिनेश राउत र निर्माता सुभाष थापाले निर्माण गरेका हुन्। आफ्नो चलचित्रको रिलिज मिति घोषणा गरेको निर्माण टिमले फिल्म माघ २४ गते प्रदर्शनमा आउने बताएको छ। 
 

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, मंसिर ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्