Kathmandu Press

बेनी–गलेश्वर सडक मर्मत

गलेश्वर, साउन २ : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ। पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने...
बेनी–गलेश्वर सडक मर्मत

गलेश्वर, साउन २ : कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ। पश्चिम नेपालको पशुपतिनाथको नामले चर्चित गलेश्वरधाममा साउने सोमबारका दिन पूजा र दर्शन गर्न जाने भक्तजनको सुविधालाई लक्षित गरेर बेनी नगरपालिकाले सडक मर्मत गरेको हो।

सडकखण्डमा सानाठूला सवारीसाधन आवतजावतमा सहज हुनेगरी ठाउँठाउँमा ग्राबेल गर्नाका साथै स्काभेटरको प्रयोग गरी सडक मर्मत गरिएको बेनी–७ का वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए। 

Hardik ivf

सडकखण्डमा साउन महिनाको हरेक सोमबार भक्तजनको चाप हुने भएकाले सवारीसाधन फस्ने जोखिमलाई ध्यान दिई जोखिम रहेका स्थानमा हरेक आइतबार नियमित मर्मत गरिने श्रेष्ठले बताए। 

सडकखण्डको मर्मत तथा जोखिमस्थानको स्थलगतरुपमा अनुगमनका लागि नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, वडा नं ७ का वडाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाललगायत संलग्न एक समिति गठन गरिएको छ।

नगरप्रमुख केसीले सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम गरिएको र बेनी–जोमसोम सडक निर्माण आयोजनालाई बेनी–गलेश्वर क्षेत्रको जोखिमपूर्ण ठाउँको बाँकी काम तत्काल सम्पन्न गर्नसमेत ध्यानाकर्षण गरिएको बताए। नगरपालिकाले भक्तजनको सहजताका लागि आकस्मिकरुपमा काम गरेको भए पनि आयोजना पक्षसँग सडक स्तरोन्नतिका लागि निरन्तर दबाब दिने नगरप्रमुख केसीको भनाइ छ। 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, साउन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्