Kathmandu Press

लुम्बिनी प्रदेश सरकार कार्य विभाजन

काठमाडौं, साउन १ : लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७८ को अनुसूचीमा हेरफेर गरेको छ ।गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले...
लुम्बिनी प्रदेश सरकार कार्य विभाजन

काठमाडौं, साउन १ : लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७८ को अनुसूचीमा हेरफेर गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुसूचीअनुसार प्रदेश सरकारको कार्यविभाजनअन्तर्गत यसअघि कै जस्तो १३ वटै मन्त्रालय कायम तर कानून, महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानूनको जिम्मेवारी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा थप गरिएको जनाइएको छ ।

Hardik ivf

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्वजनिक गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री एंव सरकारका प्रवक्ता तिलकराम शर्माले प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना तथा कार्यसञ्चालन) आदेश, २०७८ खारेज गरिएको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रदेश सचिव पदमा नेपाल प्रशासन सेवा रा.प.प्रथम श्रेणीको प्रदेश सचिव रहने गरी दरबन्दी कायम गर्ने र सो मन्त्रालयको प्रदेश सचिव पदमा अर्को व्यवस्था नभएसम्म श्रम, तथा यातायात व्यवस्था मन्त्रालयमा कार्यरत प्रदेश सचिव (प्रशासन सेवा, रा.प.प्रथम श्रेणी) श्री दीपकराज नेपाललाई थप जिम्मेवारीसहित कामकाज गर्न तोक्ने निर्णय गरेको बताउनुभयो ।

प्रकाशित मिति: २०:३९ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्