Kathmandu Press

इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण

रोम, साउन १ : इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९...
इटालीमा थप ९० हजारमा कोभिड–१९ सङ्क्रमण

रोम, साउन १ : इटालीमा थप ९० हजारमा व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जनवरी २०२० देखि इटालीमा आधिकारिक रूपमा कोभिड–१९ पुष्टि भएकाहरूको कूल संख्या दुई करोड आठ लाख पुगेको छ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार दुई करोडभन्दा बढी कोभिड सङ्क्रमित भएको आधिकारिक पुष्टि हुने मुलुकको सूचीमा इटाली साताैं स्थानमा रहेको छ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी (नौं करोड) व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित बनेका छन् भने भारत, ब्राजिल, फ्रान्स, जर्मनी र बेलायत बढी सङ्क्रमित मुलुकहरूमध्ये अग्र छ स्थानमा रहेका छन्।
 
विश्वका सबै मुलुकले पुष्टि गरेको सङ्ख्याको तुलनामा वास्तविक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।
 
घरमा गरिने परीक्षणहरू वा निदान सरकारद्वारा सार्वजनिक सूचीमा नपर्ने भएकोले उक्त सङ्ख्या कुनै पनि देशले सावैजनिक गरेको सूचीभन्दा अत्यधिक धेरै रहेको अनुमान गरिएको संगठनले जनाएको छ।

हालैका हप्ताहरूमा इटालीमा कोभिड–१९ को संख्या फेरि बढिरहेको छ र दैनिक संक्रमित सङ्ख्या एक लाखभन्दा बढी हुनसक्ने देखिएको छ।

तर इटालीमा कोभिडका कारण हुने मृत्यु दर र सघन उपचार केन्द्रमा बिरामीहरूको संख्या यस महामारीको पहिलेको भन्दा धेरै कम छ।

प्रकाशित मिति: १९:४३ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्