साेमबारदेखि ५ देखि १२ बर्ष मुनिका बालबालिकालाई काेराेनाविरूद्धकाे द्राेस्राे खाेप लगाइने

काठमाडाैं, साउन १ : ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा भोली ( सोमबार) बाट खोप दिइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो।
सोमबारदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १९:०४ बजे, आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












