Kathmandu Press

चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

चेङ्दु, साउन १ : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना...
चीनको दक्षिणपश्चिम राज्य सिचुआनमा हिमाली आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

चेङ्दु, साउन १ : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२, ३०० मानिसहरूलाई असर गरेको बताइएको छ।
 
बाढीका कारण बैशी टाउनसिपमा ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।

Hardik ivf

त्यसैगरी अधिकारीहरूले हराएकाहरूको खोजी गर्न, सडक र सञ्चार सुविधाहरू मर्मत गर्न र अन्य उद्धार कार्यहरू सञ्चालन गर्न  ४०० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलतर्फ पठाएका छन्।

बैशी टाउनसिपका ४८० जनासहित १३ सयभन्दा बढीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ।

प्रकाशित मिति: १८:४४ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्