Kathmandu Press

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा टोखाबाट एक महिला पक्राउ

काठमाडौं, साउन १ : नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा टोखाबाट एक होटल सञ्चालक पक्राउ परेका छन्।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले टोखामा होटल सञ्चालन गर्दै...
नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा टोखाबाट एक महिला पक्राउ

काठमाडौं, साउन १ : नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा टोखाबाट एक होटल सञ्चालक पक्राउ परेका छन्।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले टोखामा होटल सञ्चालन गर्दै आएकी २८ वर्षीया चिनीमाया लामा लिम्बूलाई पक्राउ गरेको हो। 

होटलवालाले नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ। 

ग्राहकसँग १ हजार रुपैयाँका दरले रकम लिएर नाबालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीको आरोप छ।  

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ।

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्