Kathmandu Press

उत्तरी ग्रिसमा मालबाहक विमान दुर्घटना

पलाइचोरी, साउन १ : उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ। सर्बियामा...
उत्तरी ग्रिसमा मालबाहक विमान दुर्घटना

पलाइचोरी, साउन १ : उत्तरी ग्रीसमा शनिबार राति मालबाहक एउटा विमान दुर्घटना हुँदा त्यसमा रहेका चालक दलका सबै आठजना सदस्यको मृत्यु भएको छ। 

सर्बियामा निर्मित ११ टनभन्दा बढी मोर्टार गोलाबारूद बोकेर जोर्डन हुँदै बङ्गलादेशका लागि उक्त विमान उडेको थियो। गाउँको खेतमा खसेको उक्त विमानका भग्नावशेषमा आज बिहानसम्म विष्फोटनका आवाज सुनिएका स्थानीयले बताएका छन्।

विमानको अगाडिको भागबाट सेतो धुँवाको मुस्लो पनि उठिरहेको उनीहरूले बताए। 

दुर्घटनाग्रस्त विमानका चालक दलका सदस्य सबै युक्रेनी नागरिक रहेका र विमान पनि युक्रेनी कम्पनी मेरिडिनले सञ्चालन गरेको सर्वियाका रक्षामन्त्री नेबोजसा स्टेफानोभिकले पत्रकारहरूलाई बताएका छन्।

विमानमा घातक रासायनिक पदार्थ वा विष्फोटक सामग्री अझै बाँकी भएनभएको यकिन गर्न विज्ञहरू दुर्घटनास्थल पुग्ने तयारीमा रहेका ग्रीसका सरकारी अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १७:४५ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्