Kathmandu Press

सेतीमा कटान रोक्न सशस्त्र प्रहरी परिचालन

काठमाडाैं, साउन १ : लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ।नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट,...
सेतीमा कटान रोक्न सशस्त्र प्रहरी परिचालन

काठमाडाैं, साउन १ : लगातारको वर्षाका कारण डोटीस्थित सेती नदीमा पानीको बहाव बढेको छ।

नदीमा आएको बाढीले यहाँका बानीडुग्रीसैन, कालागाढ, रामपुर, घोल्तडा, भागेतडा, गोपघाट, नारीदाङलगायत ठाउँमा जमिन कटान गरिरहेको छ। 

बाढीले कटान गर्न थालेपछि अहिले रोकथामका लागि डोटीको दिपायलस्थित सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली परिचालन गरिएको छ।

शनिबार राति मात्र शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा सेतीले कटान गरेपछि रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीको ३६ नम्बर गणबाट सशस्त्र प्रहरी निरीक्षक डबलबहादुर ऐडीको नेतृत्वमा ४५ सशस्त्र प्रहरी खटिएको गणपति वीरसिंह साहुले जानकारी दिए।

टोलीले ढुंगा तथा बालुवाका बोरा राखेर कटान रोक्ने काम गरिरहेको छ। सेतीमा पानीको बहाव बढेपछि सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ। काढीले विभिन्न स्थानमा धान खेतसमेत कटान गर्न थालेको छ।

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्