Kathmandu Press

अफगानिस्तानमा सवारी दुर्घटना, आठजनाकाे मृत्यु

काबुल, साउन १ : अफगानिस्तानको बाघलान प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ। साथै अन्य ३० जना घाइते भएका...
अफगानिस्तानमा सवारी दुर्घटना, आठजनाकाे मृत्यु

काबुल, साउन १ : अफगानिस्तानको बाघलान प्रान्तमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ। साथै अन्य ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन्।

काबुलबाट यात्रु बोकेको बस शनिबार बिहान करिब २ बजे पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्किएको बागलानको सूचना र संस्कृति निर्देशनालयका प्रमुख मलावी मुस्तफा हासेमीले जानकारी दिएका टोलो न्यूजले जनाएको छ। दुर्घटना हुँदा म सुतिरहेको थिएँ,’ घटनामा घाइते भएका हेरात निवासी मोहम्मद नाबीले भनेका छन्  ।

काबुलबाट समाङ्गन जाँदै गरेको नाबीले आफ्नो छोरा र भाइ पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 'यात्राको क्रममा म निदाइरहेको थिएँ र यो घटना भयो,' अर्का यात्रु अली मोहम्मदले भने।

घटनामा घाइते भएका मानिसहरूलाई बाघलान र समाङ्गन प्रान्तका दुई अस्पतालमा लगिएको अधिकारीहरूले जानकारी दिएका छन् 
बाघलान अस्पतालका प्रमुख मोहम्मद अनवर वर्दकले भने, 'हामीले एक बालक र एक महिलासहित १५ जना घाइतेलाई भर्ना गरेका थियौं। केही घाइतेलाई अस्पतालबाट घर फर्काइएको छ।' घटनामा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

बाघलानको दोशी जिल्लामा शुक्रबार साँझ एउटा गाडीले नियन्त्रण गुमाउँदा कम्तीमा चार जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

गत मे महिनामा बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको  सञ्चार माध्यमले ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जानकारी दिएको छ।

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्