भारतमा बीस हजारभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली, साउन १ : भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार...
नयाँदिल्ली, साउन १ : भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।
हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३७ लाखभन्दा बढी पुगेको छ। भारतमा हाल एक लाख ४३ हजार चार सय ४९ जना सक्रिय सङ्क्रमित छन्।
पछिल्लो एक दिनमा १७ हजार चार सय ४७ कोरोना सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३० लाख ८१ हजार चार सय ४१ पुगेको छ।
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ। कोरोना महामारीबाट हालसम्म पाँच लाख २५ हजार सात सय नौ जनाको मृत्यु भएको छ। महामारी शुरु भएयता हालसम्म ८६ करोड ८८ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ।
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो। हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड ९८ लाख ८९ हजार ९७ मात्रा खोप लगाइएको छ।












