Kathmandu Press

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडाैं, साउन १ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको...
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडाैं, साउन १ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि भएको कारोबारमा नेप्से परिसूचक १.९३ अंकले उकालो लागेर दुई हजार ११.३९ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अंकले उकालो लागेर ३८५.९३ मा पुगेको छ। कूल २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर रु एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ मूल्यमा खरिद बिक्री भयो। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। नेप्सेका अनुसार बैंकिङ ८.५४, व्यापार ८.५३, उत्पादन ४३.५५, जीवन बीमा १५.२१ र लगानी ०.५९ अंकले उकालो लागेको छ।

त्यस्तै होटल तथा पर्यटन ३१.८३, विकास बैंक १.४६, जलविद्युत् २६.३६, वित्त ११.५६, निर्जीवन बीमा ६.९६, अन्य १०.६३, लघुवित्त १७.१८ र सामूहिक लगानी कोष ०.०३ अंकले ओरालो लागेको छ। आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ७२ अर्ब १० करोड ३७ लाख ३९ हजार ५२८ बराबर रहेको छ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु छ करोड चार लाख ६६ हजार १४३ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी रु चार करोड ७६ लाख ५८ हजार ४९२, अरुण काबेली पावर रु चार करोड ६५ लाख ४७ हजार ७३३, एनआइसी एशिया बैंक रु चार करोड ५६ लाख ३० हजार ८४४ र नेपाल दूरसञ्चार कम्पनी रु चार करोड ४६ लाख चार हजार बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन्।

नेप्सेका अनुसार राधी विद्युत् कम्पनी ५.४८, प्रभु बैंक ४.७३, नयाँ सारथी लघुवित्त ४.४३, कुमारी बैंक ४.१९, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९४ प्रतिशतले कमाए। त्यस्तै प्रभु सेलेक्ट फण्ड ९.७८, सामुदायिक लघुवित्त ७.५०, नबिल ब्यालेन्स फण्ड तेस्रो ५.२०, मिथिला लघुवित्त ४.५४ र छिमेक लघुवित्तका लगानीकर्ताले ४.४६ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:१२ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्