Kathmandu Press

टीकापुर बसपार्क सञ्चालनमा

कैलाली, साउन १ : कैलालीको टीकापुर बसपार्क हस्तान्तरण भएको करिब दुई वर्षपछि सञ्चालनमा आएको छ।सुदूरपश्चिमकै नमुना बसपार्क २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई...
टीकापुर बसपार्क सञ्चालनमा

कैलाली, साउन १ : कैलालीको टीकापुर बसपार्क हस्तान्तरण भएको करिब दुई वर्षपछि सञ्चालनमा आएको छ।

सुदूरपश्चिमकै नमुना बसपार्क २०७७ भदौ ३ गते टीकापुर नगरपालिकालाई निर्माण कम्पनीले हस्तान्तरण गरे पनि विविध कारणले सञ्चालनमा आउन नसकेको बसपार्कको आजदेखि सञ्चालनमा आएको हो। 

Hardik ivf

नगरपालिकाले अमिक्षा कन्स्ट्रक्सनसँग तीन वर्षको ठेक्का सम्झौता गर्दै बसपार्क सञ्चालनमा ल्याइएको नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले बताए। 'बसपार्क सञ्चालन हुन नसक्दा सडकमै सवारीसाधन पार्किङ गर्नुपर्ने बाध्यताका कारण दुर्घटनाको जोखिम थियो, आजबाट त्यो जोखिम कम भएको छ,' नगर प्रमुख थारुले भने, 'जताततै पार्किङ हुने सवारीसाधनको व्यवस्थापन हुनेछ, जसले बजारको सुन्दरतालाई समेत मद्दत गर्ने छ।'

उनले टीकापुरको विकासका लागि बसपार्क पनि एक आयाम भएको जनाउँदै त्यसको व्यवस्थापन र संरक्षणमा विशेष ध्यान दिन सञ्चालक समितिलाई निर्देशनसमेत दिए। तीन वर्षको लागि ठेक्का पाएको अमिक्षा कन्स्ट्रक्सनले नगरपालिकालाई रु ५५ लाख तिर्नुपर्ने छ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण भएको बसपार्क निर्माणको काम दुई चरणमा भएको थियो। 

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्