Kathmandu Press

हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु

काठमाडाैं, साउन १ : हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु गरेको छ।मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले आइतबारदेखि एकीकृत कारोबार शुरु...
हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु

काठमाडाैं, साउन १ : हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु गरेको छ।

मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले आइतबारदेखि एकीकृत कारोबार शुरु गरेको हो। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबार सुभारम्भ गरेका हुन्।

एकीकृत कारोबार सुरु भएसँगै बिमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ। दुई कम्पनीले गत वैशाखमा मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका गरेका थिए भने बीमा समितिले गत असार ९ गते यी दुई कम्पनीलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो।

नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह र डेपुटी सीईओमा कमल गौतम रहनुभएको छ। एकीकृत कम्पनीको चुक्ता पुँजी करिब २ अर्ब ४३ करोड रुपैयाँ पुगेको बताइएको छ।

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्