Kathmandu Press

सुन्दर बनेपा बनाउन ‘फुटपाथ व्यवस्थित’ अभियान सुरु

सुन्दर बनेपा बनाउन ‘फुटपाथ व्यवस्थित’ अभियान सुरु

बनेपा, साउन १ : बिहानैदेखि नेपाली सेना र नेपाल प्रहरीका जवान हातमा कुचो लिएर बनेपा बजारको सडक दायाँबायाँ छरिएका फोहर सफा गर्न व्यस्त रहे । उनीहरु जम्मा भएका फोहरलाई सँगै गुडिरहेको गाडीमा हाल्ने र फुटपाथ आसपासमा छरपस्ट फालेका प्लास्टिक, कागजलगायतका अन्य फोहरजन्य सागम्री टिपेर सफा गर्नमा व्यस्त देखिन्थे ।

बनेपा नगरपालिकाले अरनिको राजमार्ग बनेपा बजारको तीन दोबाटोदेखि चण्डेश्वरी खोलासम्म सडक दायाँबायाँ नगर सरसफाइ तथा फुटपाथ सचेतना अभिवृद्धि गर्नका लागि माइकिङसहितको अभियान सञ्चालन गरेपछि सुरक्षाकर्मी सरसफाइमा व्यस्त बनेका हुन् । 

Hardik ivf

आजदेखि नगरपालिका प्राङ्गणबाट सुरु भएको अभियान बनेपा बसपार्क, तीन दोबाटो, टेलिकमचोक, चाँदनीचोक, चारदोबाटो, तरकारी बजार हुँदै अरनिको सडक दायाँबायाँ रहेको फुटपाथ खुल्ला गर्ने र सरसफाइ अभियान सञ्चालन गरिएको छ। सो क्रममा अभियानको पहिलो दिन नगरपालिकाका कर्मचारी, नगर प्रहरीले फुटपाथमा सवारी पार्किङ रोक्ने, छेउछाउका विज्ञापन बोर्ड हटाउने, अव्यवस्थित गाडा हटाउने र नगरवासीलाई फोहर व्यवस्थापनसम्बन्धी सचेतना गराउने सन्देश प्रर्वाह गर्ने काम गरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले अरनिको राजमार्ग र अन्य मुख्य सडक दायाँबायाँ पैदलयात्रु हिँड्नका लागि बनाइएका फुटपाथ तथा खाली छाडिएका सार्वजनिक स्थानमा कुनै पनि प्रकारका व्यापार व्यवसाय नगर्ने, सडक दायाँबायाँको सार्वजनिकस्थल तथा फुटपाथमा व्यापारिक सामग्री तथा निर्माण सामग्री नराख्ने, २०७९ साल साउन १ गतेबाट जैविक र अजैविक फोहर वर्गीकरण गरेर मात्र फोहर सङ्कलन गरिने हुँदा सोही बमोजिम आफनो घर पसलबाट निस्कने फोहर वर्गीकरण गर्ने व्यवस्था मिलाउने र फोहर सङ्कलन गर्न आउने सवारीसाधनले जुन प्रकृतिको फोहर सङ्कलन गर्छ सोही अनुसारको फोहर मात्र निष्काशन गर्ने विषयमा सचेत गराएको छ।

त्यस्तै वर्गीकरण गरिएको फोहरमध्ये जैविक (कुहिने) फोहर घरायसी प्रयोजनका लागि मल बनाउने विधिको प्रयोग गरी उत्पादित मल घरायसी उपयोग गर्ने व्यवस्था मिलाउने, फोहर निष्काशनको मात्रा घटाउन आवश्यक उपाय अवलम्बन गर्ने, नदी, खोला, खोल्सा, सडकलगायतका सार्वजनिकस्थलमा फोहर कुनै पनि अवस्थामा नफाल्ने र कसैले अटेर गरी नगरपालिकाको अनुरोधको बर्खिलाप गर्ने कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्