Kathmandu Press

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

तनहुँ, साउन १ : आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन्। स्थानीय...
तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

तनहुँ, साउन १ : आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन्। स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो। 

एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन्।

Hardik ivf

मतदाता नामावली दर्ताका लागि सर्वसाधारणको आकर्षण देखिएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए। 'फोटोसहितको मतदाता नामावली दर्ता गरी मताधिकार सुरक्षित गर्न सर्वसाधारणमा आकर्षण देखिएको छ,' उनले भने, 'दैनिकजसो कार्यालयमा भिड हुन्छ।'

मतदाता नामावली दर्ताका लागि विभिन्न पालिकाबाट सर्वसाधारण बस रिजर्भ गरेर आउने गरेका छन्। तनहुँमा हालसम्म २ लाख ४४ हजार ३४० मतदाता कायम भएका छन्। २०७९ साल वैशाख २९ गतेसम्म एक लाख १७ हजार १३४ पुरुष र १२७ हजार दुई ६ सय मतदाता छन्।

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्