Kathmandu Press

महोत्तरीमा अचाक्ली गर्मी

महोत्तरी, साउन १ : विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको  छ। बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र...
महोत्तरीमा अचाक्ली गर्मी

महोत्तरी, साउन १ : विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको  छ। बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन  भएको छ।

अहिले दैनिक जिल्लाको तापक्रम ३८-४० डिग्रीसम्म पुग्ने गरेको छ।  अत्यधिक गर्मीका कारण बिना काम मानिसहरु घर बाहिर निस्कन सकेका छैनन्। गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित कामकाजमा पनि असर परेको छ। 

गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँ टोल र सहर बजार सबै सुनसान देखिन्छ। गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाइफाइडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए।यसैगरी घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लाबासीलाई सताउन थालेको छ। 

गर्मीका कारण  गाउँ गाउँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरु पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो।

महोत्तरीमा धान बालीको लागि समेत पानी नपर्दा रोपाई नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ।

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्