Kathmandu Press

चीनमा प्रचण्ड गर्मी, केही सहरमा सचेत रहन चेतावनी

बेइजिङ, साउन १ : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको  छ। तातो वायुको प्रवाह व्यापक भएपछि...
चीनमा प्रचण्ड गर्मी, केही सहरमा सचेत रहन चेतावनी

बेइजिङ, साउन १ : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको  छ। तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो ।   

आइतबार दिउँसो सिन्जियाङ, सान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ।  शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ।

केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । चीनले मौसम चेतावनी प्रणालीमा चार किसिमका रङको प्रयोग गर्दै आएको छ। 

मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेंलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ। आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको हो।

प्रकाशित मिति: १२:४० बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्