Kathmandu Press

गभर्नरलाई हटाउन माग गर्दै बालुवाटारमा प्रदर्शन गरिँदै

काठमाडौं, साउन १ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन माग गर्दैै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको छ।नेवि संघ र अखिल...
गभर्नरलाई हटाउन माग गर्दै बालुवाटारमा प्रदर्शन गरिँदै

काठमाडौं, साउन १ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन माग गर्दैै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको छ।

नेवि संघ र अखिल क्रान्तिकारीले बालुवाटार अगाडि प्रदर्शन गर्न लागेका हुन्। गभर्नर अधिकारीको राजीनामाको माग गर्दै आएका विद्यार्थी संघले अब सरकारले उनलाई हटाउनुपर्ने बताएका छन्।

नेकपा (एमाले)को केन्द्रीय विभागमा नाम आएपछि विवादमा तानिएका गभर्नर अधिकारीको विरोध हुँदै आएको छ। विद्यार्थी संगठनले उनको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्।

उनले राजीनामा दिन नखोजेपछि विद्यार्थीले हटाउन माग गरेका हुन्। यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटार अगाडि प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले बताए।

प्रदर्शनमा नेविसंघका अध्यक्ष डुजाङ शेर्पा र अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह सहभागी हुने भएका छन्। उनीहरुले विरोध कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

 

प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्