Kathmandu Press

करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत, साउत १ : पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ।जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको करेन्ट लागेर मृत्यु...
करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत, साउत १ : पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ।

जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको करेन्ट लागेर मृत्यु भएको हो। उनी यहि स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए।

उनको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। मृतकको शव परीक्षणका लागि पर्वत अस्पतालमा ल्याइएको छ।

कपडा सुकाउने तारमा विद्युत्को करेन्ट प्रवाह भएकाले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। उनका दुई छोरी, एक छोरा र श्रीमती छन्।

प्रकाशित मिति: ०७:०८ बजे, आइतबार, साउन १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्