Kathmandu Press

सप्तरीमा आगलागी हुँदा तीन जना घाइते

सप्तरी, साउन १ : सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन्।बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा आगलागी...
सप्तरीमा आगलागी हुँदा तीन जना घाइते

सप्तरी, साउन १ : सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन्।

बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा आगलागी भएको हो। आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन्।

Hardik ivf

आगो नियन्त्रणमा लिने प्रयासमा रहेका छिमेकी कारी दास, महेश यादव र धीरेन्द्र यादव घाइते भएको प्रहरीले जनाएको छ। घरमा रहेका ठूलो र सानो गरी तीन वडा सिलिन्डर पड्किएका हुन्।

आगलागीमा खगेन्द्रको घर र छिमेकी वीरेन्द्र यादवको परालको टाली जलेर नष्ट भएको छ। खगेन्द्रको घरमा रहेको नगद एक लाख ५० हजार, तीन तोला सुन, तीन किलो चाँदी, आठ क्विन्टल चामल, २० क्विन्टल धान, एक क्विन्टल चना, ४० किलो तोरी एक थान साइकल र सिलिण्डरलगायत सामान जलेर नष्ट भएको उनले बताए।

प्रकाशित मिति: ०६:५८ बजे, आइतबार, साउन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्