Kathmandu Press

जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

जाकार्ता, असार ३२ : इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको...
जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

जाकार्ता, असार ३२ : इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ।

उक्त घटनामा अन्य दुई जना घाइते भएका छन्।

प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, 'आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन्।'

प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेशिया सरकारले आपराधिक सशस्त्र समूह (केकेबी) ले जिल्लाका चार स्थलमा छुट्टाछुट्टै आक्रमण गरेको थियो।   

आक्रमणमध्ये एउटा ट्रकमा सवार रहेका स्थानीयलाई करिब २० जनाको सशस्त्र हतियारधारी जत्थाले गोली हानी केही व्यक्तिको हत्या गरेको हो भने अन्य दुई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १८:३० बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्