Kathmandu Press

सामूहिक बलात्कारकाे आराेपमा कञ्चनपुरबाट चारजना पक्राउ

काठमाडाैं, असार ३२ : सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। असार २३ गते २० वर्षीया युवतीमाथि बलात्कार गरेकाे...
सामूहिक बलात्कारकाे आराेपमा कञ्चनपुरबाट चारजना पक्राउ

काठमाडाैं, असार ३२ : सामूहिक बलात्कार गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। असार २३ गते २० वर्षीया युवतीमाथि बलात्कार गरेकाे आराेपमा शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेका छन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युवतीसँग प्रेम सम्बन्धमा रहेका भनिएका सुशील विष्टले युवतीलाई फकाई मोटरसाइकलमा राखेर उखुबारीमा लगेको त्यहाँ अन्य तीन जनाले समेत बलात्कार गरेको किटानी जाहेरी परेको थियाे।

पक्राउ परेकाहरुलाई करणीसम्बन्धी कसुरमा अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ।

 

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्