Kathmandu Press

गर्मी बढेपछि पठनपाठन बन्द

वीरगञ्ज, असार ३२ : अत्यधिक गर्मीका कारण  तराईका  विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ। सोही क्रममा पर्साका विभिन्न पालिकाका  सामुदायिक...
गर्मी बढेपछि पठनपाठन बन्द

वीरगञ्ज, असार ३२ : अत्यधिक गर्मीका कारण  तराईका  विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ। सोही क्रममा पर्साका विभिन्न पालिकाका  सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ। 

हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्। वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ।

शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको  महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ।  

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ। गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि  साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो।

पोखरिया नगरपालिकालेपनि  विद्यालयमा गर्मी बिदा दिएको छ। पोखरिया नगरपालिकाले गर्मी बढेपछि साउन १ देखि साउन  २८ गतेसम्मका लागि बिदा दिएको हो।  

यसैगरी पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि साउन २८ गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएको छ। बिन्दवासिनी गाउँपालिका विद्यालय पनि एक महिनाका लागि बन्द गरिएका छन्। 

प्रकाशित मिति: १७:५७ बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्