Kathmandu Press

दुर्घटनामा एकको मृत्यु

तनहुँ, असार ३२ : तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ।सोही वडामा रहेको माया...
दुर्घटनामा एकको मृत्यु

तनहुँ, असार ३२ : तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ।

सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो। 

Hardik ivf

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ। 

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो।

प्रकाशित मिति: १७:०८ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्