चन्द्रनहरमा डुबेर एक वृद्धको मृत्यु
सप्तरी, असार ३२ : सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा...
सप्तरी, असार ३२ : सप्तरीको सप्तकोसी नगरपालिकास्थित चन्द्रनहरमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
गाई चराउन जङ्गलतर्फ जाँदै गरेको अवस्थामा चन्द्रनहर पार गर्ने क्रममा पानीमा पसेका सदा अचानक डुबेका थिए। सदा डुबेको खबर प्राप्त हुनासाथ प्रहरीले नहरको पानी बन्द गराई खोजी गर्दा चन्द्रनहरभन्दा करिब तीन किलोमिटर दक्षिण बगाएर लगेको अवस्थामा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।
मृतकको शवपरीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ। सदा गाउँभरिका गाईवस्तु दैनिक चराउने काम गर्दै आएको स्थानीयवासीको भनाइ छ।
प्रकाशित मिति: १७:०७ बजे, शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












