Kathmandu Press

पोर्चुगलमा विमान दुर्घटनामा परी चालकको मृत्यु 

लिस्बन, असार ३२ : पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ। देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले...
पोर्चुगलमा विमान दुर्घटनामा परी चालकको मृत्यु 

लिस्बन, असार ३२ : पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ। 

देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। 

Hardik ivf

राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्।

'दुर्घटनाग्रस्त विमानमा आगलागी समेत भएकाले विमान पुरै क्षतिग्रस्त भएको छ,' एक स्थानीय अधिकारीले भने। 

देशको हवाई तथा रेलमार्ग दुर्घटना न्यूनिकरण तथा अनुसन्धान कार्यालयले घटनाको छानविनका लागि टोली परिचालन गरेको छ। 

दुर्घटनाप्रति प्रधानमन्त्री मार्सेलो रिवेलो डे सौसाले दुःख व्यक्त गर्दै दुर्घटनामा परी निधन भएका विमान चालकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।

पोर्चुगलमा अहिले अत्यन्त गर्मी रहेको र गर्मीका कारण यस्ता दुर्घटना धेरै हुने गरेको पाइएको छ। त्यसैगरी गर्मीको समयमा आगलागी सम्बन्धी घटना पनि धेरै हुने गरेका छन्। 
 

प्रकाशित मिति: १६:५७ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्