Kathmandu Press

कर्णाली प्रदेश सरकारबाट तीन पत्रकार पुरस्कृत हुँदै 

कर्णाली प्रदेश सरकारबाट तीन पत्रकार पुरस्कृत हुँदै 

सुर्खेत, असार ३२ : कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीन पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ।

‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि’ २०७९ बमोजिम ललित बुढा (सुर्खेत), चाँदनी कठायत (सुर्खेत) र सरिताकुमारी चलाउने (सल्यान) लाई पुरस्कृत गर्न लागिएको होे। 

मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअन्तर्गत यही असार २३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार उहाँहअरुलाई पुरस्कृत गरिने भएको जानकारी दिए।

जनही रु. ५० हजार राशिको पुरस्कारका लागि मन्त्रालयले जेठ २१ गते खुला आवदेन माग गरेको थियो।

पुरस्कार वितरण आगामी आर्थिक वर्षको कुनै राष्ट्रिय तथा प्रदेशस्तरको दिवसमा प्रदान गरिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १६:०४ बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्