Kathmandu Press

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

काठमाडाैं, असार ३२ : गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गरेका...
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

काठमाडाैं, असार ३२ : गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गरेका छन्। 

मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गर्नुभएको हो। झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गरेका हुन्।  

बर्दियाको मधुवन नगरपालिका–१, २ र ३ मा जंगली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन्। गत जेठमा बाघले पटक पटक आक्रमण गरेपछि मधुवन नगरपालिका–२ का स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए। 

उक्त घटनापछि मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटसहितको टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटी वन्यजन्तुको आक्रमण रोक्न जङ्गल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो।

तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिए।

वन क्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाऊन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्याउन केन्द्रमा माग गरिएको पनि प्रजिअ बास्तोलाले बताए।

गृहमन्त्री खाणले वन सचिव कँडेलसँग पनि जङ्गली जनावर बस्तीमा पस्न नदिन के के गर्न सकिन्छ भनेर छलफल गरेका थिए। गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो जिल्लाको घटनास्थितिका बारेमा जानकारी लिएका थिए।  

प्रकाशित मिति: १५:३४ बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्