Kathmandu Press

भक्तपुरको दुवाकोटमा ८४ वर्षीय वृद्ध जलेको अवस्थामा मृत फेला

भक्तपुर, असार ३२ : भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा एक वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन्। आज (शनिबार) बिहान सवा ८ बजे दुवाकोट फक्सिङटार...
भक्तपुरको दुवाकोटमा ८४ वर्षीय वृद्ध जलेको अवस्थामा मृत फेला

भक्तपुर, असार ३२ : भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा एक वृद्ध जलेको अवस्थामा मृत फेला परेका छन्। 

आज (शनिबार) बिहान सवा ८ बजे दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै तीनतले पक्की घरको भुइँतलाको कोठामा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

Hardik ivf

प्रहरीका अनुसार मृतकको कम्मरदेखि माथिको भाग जलेको छ। प्रहरी वृत्त थिमी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेपछि दुवाकोटस्थित केएमसी अस्पतालबाट चिकित्सकको टोली बोलाइएको उनले बताए। 

शिल्पकारको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। मृतक शिल्पकारको घरमा माथिल्लो तलामा बस्ने गरेको जनाइएको छ। 

घटना नियोजित हो वा दुर्घटना हो भन्ने पाटोबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १४:४८ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्