Kathmandu Press

साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता

रियाद, असार ३२ : अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन्। साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितबारे कुराकानी...
साउदी अरबका नेतासँग बाइडेनको भेटवार्ता

रियाद, असार ३२ : अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गरेका छन्। 

साउदी अरबको जेद्दा सहरमा उनीहरूका बीचमा दुई पक्षीय हितबारे कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ। 

Hardik ivf

दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आउनु भएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दा स्थित अल सलाम दरबारमा स्वागत गरेका थिए।
 
उनीहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी भएका थिए। 

बैठकका क्रममा राजा सलमान र राष्ट्रपति वाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गरेका थिए। 

रियाद र वासिङ्टनको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उहाँहरूले विचार विमर्श गर्नु भएको जनाइएको छ।

मध्य पूर्वको आफ्नो पहिलो भ्रमण उनले साउदी अरबबाट अन्त्य गर्न लागेका छन्। बुधबार सुरु भएको उनको भ्रमण शनिबार सकिने बताइएको छ।

उनी यस अघि इजरायल र वेस्ट व्यङ्क गएका थिए। उनले साउदी अरबको भ्रमण अन्त्य गर्नु पूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्