Kathmandu Press

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

बाँके, असार ३२ : बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ। विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८०...
बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

बाँके, असार ३२ : बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ। 

विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ। 

पक्राउ परेका ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन्। उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ लाख ५३ हजार ८३५ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले फरार प्रतिवादीको सङ्ख्या अझै बढ्नसक्ने उल्लेख गर्दै फरार भएका प्रतिवादीमा अझै निगरानी बढाइएको बताए। 

उनले पक्राउ गरेका प्रतिवादीलाई अदालतमा हाजिर गराएर कारागार चलान गर्ने जानकारी दिँदै सीमाक्षेत्र भएकाले भारतमा गएर लुकेर बस्ने समस्या पनि देखिएको बताए।

अदालतबाट तारेखमा छुटेर फैसला भएका पनि कतिपय फरार हुने गरेका छन्। यस्ता फरार प्रतिवादी ठूलो सङ्ख्यामा रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:१० बजे, शनिबार, असार ३२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्