Kathmandu Press

राससकर्मी आचार्यमाथि कुटपिट

चितवन, असार ३२ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका...
राससकर्मी आचार्यमाथि कुटपिट

चितवन, असार ३२ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार साँझ राष्ट्रिय समाचार समिति (रासस) चितवनका समाचारदाता कृष्ण आचार्यमाथि कुटपिट गरेका छन्।

कार्यालय परिसरमा मादक पदार्थ सेवन गरेर भोज गरेको भन्ने सूचनाका आधारमा समाचार सम्प्रेषण गर्न गएका आचार्यमाथि कुटपिट भएको हो।

Hardik ivf

सो क्रममा आचार्यको शरीरमा घाउचोट लागेको छ भने कपडा च्यातिएको छ। कुटपिट भ पछि उहाँ भागेर बाच्नुभएको थियो। उनका साथमा रहेका दुई मोबाइल विद्युत्का कर्मचारीले खोसेर राखेका छन्। जिल्ला प्रहरी कार्यालयले एकजनालाई शुक्रबार राति पक्राउ गरेको छ। 

प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले आज दोषी कर्मचारीलाई प्रहरी कार्यालयमा हाजिर गराउने सर्तमा कार्यालय प्रमुख राजिव सिंहले कागज गरेको जानकारी दिए।

आचार्य स्थानीय नारायणी अनलाइन र ‘सञ्चारपत्र’ दैनिकका प्रकाशकसमेत हुनुहुन्छ। उनी प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्षसमेत हुन्। घटनाको नेपाल पत्रकार महासंघ चितवनसहित पत्रकारसँग सम्बन्धित संघसंस्थाले निन्दा गरेका छन्।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्