मेक्सिकोमा सैनिक हेलिकोप्टर दुर्घटना, १४ जनाको मृत्यु
मेक्सिकोसिटी, असार ३२ : मेक्सिकोमा सैनिक हेलिकोप्टर दुर्घटना भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ।लागूऔषध...
मेक्सिकोसिटी, असार ३२ : मेक्सिकोमा सैनिक हेलिकोप्टर दुर्घटना भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा १४ सैनिकको मृत्यु भएको छ।
लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएको समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा भएको हो। दुर्घटनामा एक जना भने बाँचेको बताइएको छ।
नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।र
दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ । दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन।
आफ्ना अधिकारी एनरिक क्यामरेना सालाजारको हत्या गरेकाले राफेललाई सुपुर्दगी गर्नुपर्ने अमेरिकाले माग गर्दै आएको छ । यसै विषयलाई लिएर मेक्सिको र अमेरिकाबीचको सम्बन्ध केही समय तनावपूर्ण भएको थियो।












