विद्युत् गृह भाँसिदा मृत्यु भएका परिवारलाई राहत
जुम्ला, असार ३२ : जुम्लाको हिमा गाउँपालिका १ आचार्य लिहीमा पहिरोले विद्युत् गृह भाँसिदा मृत्यु भएकाका परिवारलाई स्थानीय सरकारले एक लाख राहत दिने...
जुम्ला, असार ३२ : जुम्लाको हिमा गाउँपालिका १ आचार्य लिहीमा पहिरोले विद्युत् गृह भाँसिदा मृत्यु भएकाका परिवारलाई स्थानीय सरकारले एक लाख राहत दिने भएको छ।
घटनास्थलको अवलोकनपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताए। अध्यक्ष शाहीका अनुसार घटनाको स्थलगत अनुगमन गरिसकेपछि बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।
त्यस्तै, गाउँपालिका कार्यपालिका बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने पनि निर्णय गरेको उनले बताए।
संघीय सरकारको तर्फबाट पनि पीडित परिवारलाई राहत प्रदान गरिने भएको छ। प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले संघीय सरकारको तर्फबाट प्रतिव्यक्ति एक लाखको दरले राहत प्रदान गर्ने व्यवस्था भएको बताइन्।
पहिरोले विद्युत गृह भासिँदा विद्युत् अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोरोको मृत्यु भएको थियो। ३० वर्षीया विमला, ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्यको मृत्यु भएको हो।












