Kathmandu Press

रामपुरमा घट्यो खानेपानीको महसुल

पाल्पा, असार ३१ : पाल्पाको रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ।उपभोक्ताको हितलाई मध्यनजर गर्दै...
रामपुरमा घट्यो खानेपानीको महसुल

पाल्पा, असार ३१ : पाल्पाको रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ। आठ युनिटसम्म प्रतियुनिट १७५ रुपैयाँ (न्यूनतम रकम), नौदेखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्यूनतम रकम १७५ रुपैयाँ सहित) प्रतियुनिट ४० रुपैयाँ, २१ युनिटभन्दा माथि पानी उपभोग गर्नेले (न्यूनतम रकम १७५ रुपैयाँसहित) प्रतियुनिट ६३ रुपैयाँ पानीको मूल्य कायम गरिएको आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बताए।

Hardik ivf

उपभोक्तालाई खानेपानीमा राहतस्वरुप नगर विकास कोषको सल्लाह अनुसार खानेपानी महसुलको दर घटाइएको उनले बताए। खानेपानीको हाहाकार रहेको रामपुरमा यस आयोजना लागू भएपश्चात् घर–घरमा स्वच्छ, गुणस्तरीय खानेपानी सुविधा पुगेको छ।

यसभन्दा अगाडि न्यूनतम शुल्क २७५ रुपैयाँ (दश हजार लिटरसम्म पानी उपभोग गरेमा मात्र), दश हजार लिटर माथिदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्नेले प्रतियुनिट ४२ रुपैयाँ र २१ हजार लिटरदेखि माथि पानी उपभोग गर्नेका लागि प्रतियुनिट ६३ रुपैयाँ शुल्क लिने गरिएको थियो।

हालसम्म तीन हजार ७६४ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार ३१० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुर सारुले बताए।

रामपुर नगरपालिकाका उपभोक्तलाई शुद्ध, सफा र सहुलियत खानेपानी सुविधा घर–घरमा पु¥याउन वडा नं. ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुविधा पुगेको छ। यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन/तीन घण्टा खानेपानी वितरण भइरहेको छ। पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ। (रासस)

प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्