Kathmandu Press

तास खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

पाेखरा,असार ३१ : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। तास खेलिरहेका...
तास खेल्दै गरेका ६ जना नगदसहित पक्राउ
Hardik ivf

पाेखरा,असार ३१ : जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–८ न्यूरोडस्थित नविन गौचनको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। तास खेलिरहेका उनीहरूलाई नगद दुई लाख ५३ हजार पाँच रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए।

उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत अनुसन्धान प्रकृया अगाडि बढाइएको जनाइएको छ। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका–३ घर भई पोखरा–८ न्यूरोड बस्ने ३२ वर्षीय नविन गौचन, पोखरा–८ पृथ्वीचोक बस्ने ५४ वर्षीय सोमत तुलाचन, पोखरा–२ अर्चलबोट बस्ने ५३ वर्षीय बिराट केसी, म्याग्दीको अन्नपूर्ण–३ घर भई हाल पोखरा–८ न्यूरोड बस्ने वर्ष ४९ वर्षीय कबिन तुलाचन, पोखरा–११ फूलबारी बस्ने ४६ वर्षीय अमित गुरुङ र पोखरा–१२ फूलबारी बस्ने ४५ वर्षीय नरकाजी गुरुङ रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०:५८ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्