‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा
काठमाडौं, मंसिर २ : नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुका विषयमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा आएको छ।....

काठमाडौं, मंसिर २ : नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुका विषयमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘रेष्ट्रो मेनु एप’ सञ्चालनमा आएको छ।
स्मार्ट अनलाइन सोलुसन प्रा.लि.ले निर्माण गरेको एपको सोमबार एक कार्यक्रमकाबीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले उद्घाटन गरेका हुन्।कार्यक्रममा युवाहरुले प्रविधिको सहि सदुपयोग गर्दै गरेका यस्ता कार्यहरुको सबैले अनुसरण गनुपर्नेमा जोड दिए।
रेस्टुरेन्ट पारखीहरुले अब एउटा मोबाइल एपको प्रयोगमार्फत आफूले मनमा लागेको कुरा रोजेर खाना खान मिल्ने र एपमा कुन खानाको मुल्य कति भन्ने जानकारी लिन मिल्ने स्मार्ट अनलाइन सोलुसनका अध्यक्ष ध्रुब शर्माले जानकारी दिए। एपले रेस्टुरेन्ट सञ्चालकको अब आफ्नो व्यवसाय प्रवर्द्धन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट-ग्राहकबीच पुलको काम गर्ने विश्वास लिइएको छ।
विदेशमा चलेको प्रविधि नेपालमा भित्र्याएपछि अब आफूले रोजेको र खोजेको खाना खान अब भोतारिँदै हिड्नु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष शर्माले बताए। हाल काठमाडौं लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवासहित विभिन्न स्थानका करिब २ हजार रेस्टुरेन्ट यस एपमा आबद्ध भइसकेका छन्।
६ महिनामा करिब ५ हजार, एक वर्षभित्रमा नेपाल अधिराज्यका करिब दश हजार रेस्टुरेन्ट एपमा जोड्ने र आगामी दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको स्मार्ट अनलाइन सोलुसनले जनाएको छ।










-1754206481.jpg)
