Kathmandu Press

छैसठ्ठी लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडाैं, असार ३१ : बैङ्किङ अपराधमा ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४०...
छैसठ्ठी लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडाैं, असार ३१ : बैङ्किङ अपराधमा ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

उनको नामको बैङ्क खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत चैत २१ गतेको फैसलाले १० दिन कैद र रु ६६ लाख जरिवानाको आदेश दिएको थियो। केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो। ब्यूरोका अनुसार फैसला कार्यान्वयनका लागि आज  काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।

Hardik ivf

लागूऔषधसहित पक्राउ

यता काठमाडौँ महानगरपालिका–६ बौद्धबाट २३ ग्राम अवैध लागूऔषध खैरोहेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय निमा लामा, मोरङ पथरी शनिश्चरेका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ पथरीका २६ वर्षीय मणिराज सुब्बा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: २०:२३ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्