Kathmandu Press

नवनियुक्त सात नेपाली राजदूतले लिए सपथ

काठमाडाैं, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच  पद तथा गोपनीयताको शपथ लिएका छन।...
नवनियुक्त सात नेपाली राजदूतले लिए सपथ
Hardik ivf

काठमाडाैं, असार ३१ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच  पद तथा गोपनीयताको शपथ लिएका छन। उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति थियो।

शपथ लिने राजदूतहरुमा तीर्थराज वाग्ले (बहराइन), डोरनाथ अर्याल (ओमान), नवराज सुवेदी (साउदी अरेबिया), बासुदेव मिश्र (श्रीलङ्का), भरतकुमार रेग्मी (अष्ट्रिया) तथा संयुक्त राष्ट्रसङ्घ कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि, सुशीलकुमार लम्साल (इजिप्ट) र घनश्याम भण्डारी (बङ्गलादेश) छन।

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्