Kathmandu Press

भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने : मन्त्री श्रेष्ठ

जनकपुरधाम, असार ३१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता...
भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने : मन्त्री श्रेष्ठ
Hardik ivf

जनकपुरधाम, असार ३१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन। विद्यापति पुरस्कार कोषद्वारा आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति पुरस्कार २०७८ वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको सांस्कृतिक नीति अझै सङ्घीयता अनुरुप हुन नसकेकाले परिवर्तित समयानुकूल सांस्कृतिक नीतिमा परिमार्जन गरिने बताए।

'मुलुकमा सङ्घीयता कार्यान्वयन भइसक्यो, धेरै कुरा सङ्घीयताको मर्म र भावना अनूकुल भइसकेको छ,' मन्त्री श्रेष्ठले भने,'तर सांस्कृतिक नीति अझै पनि सङ्घीयता अनुरुप हुन सकेको छैन। त्यसैले हामी सङ्घीयता सुहाउँदो सांस्कृतिक नीति ल्याउन चाहेका छौँ।' सिमान्तकृत समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि सांस्कृतिक नीति छिट्टै तर्जुमा गरिने उल्लेख गर्दै मैथिली भाषा र संस्कृतिको संरक्षणमा सरकार सधैँ प्रत्यन्तशील रहेको उनले बताए।

मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट विसं २०६८ मा स्थापित विद्यापति पुरस्कार कोषले यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट डा सूर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्तालाई  पुरस्कृत गरेको छ। कोषका अध्यक्ष प्राध्यापक रामचन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पाँचै श्रष्टालाई मन्त्री श्रेष्ठले सम्मानसँगै पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।

प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्