Kathmandu Press

उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी

हेटाैंडा, असार ३१ : उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फछ्र्योट गर्न बाँकी रहेका छन्। पत्रकारसँगको अन्तरक्रियामा आज उच्च...
उच्च अदालत पाटन, हेटौँडा इजलासमा दुई वर्ष नाघेका चार मुद्दा बाँकी
Hardik ivf

हेटाैंडा, असार ३१ : उच्च अदालत पाटन हेटौँडा, इजलासमा दुई वर्ष नाघेका चारवटा मुद्दा फछ्र्योट गर्न बाँकी रहेका छन्। पत्रकारसँगको अन्तरक्रियामा आज उच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले रित नपुगेको कारण चार मुद्दा फछ्र्योट हुन बाँकी रहेको जानकारी दिए।

जसमध्ये एक अङ्ग नपुगेको र एक सर्वोच्चमा विचाराधिन रहेको उनले जानकारी दिए। न्यायाधीश मुसलमानले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट भएको बताए। जुनसुकै बेलामा मुद्दाका विषयमा प्रवक्तासँग जानकारी लिन पत्रकारलाई आग्रह गर्दै उनले अदालतको सबै फैसला सार्वजानिक गर्ने गरेको प्रष्ट पारे।

उनले गोलाप्रथा लागु भएपछि न्यायाधीश १० बजे आउने र ११ बजे नै बेञ्च बस्ने गरेको बताए। सोही कारण लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ। आर्थिक वर्ष २०७८/७९का अनुमानित वार्षिक फछ्र्योट लक्ष्य एक हजार १९४ रहेकोमा एक हजास २८४ फछ्र्योट भएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले बताए। उनले नयाँ दर्ता अनुमान एक हजार १४९ रहेको र लक्ष्य पुग्न बाँकी ९० थान रहेको बताए।

प्रकाशित मिति: १८:५८ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्