Kathmandu Press

फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी गर्दा २ जनाको मृत्यु, ७ घाइते

पेरिस, असार ३१ : पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया...
फ्रान्सको राष्ट्रिय दिवसमा आतिशबाजी गर्दा २ जनाको मृत्यु, ७ घाइते
Hardik ivf

पेरिस, असार ३१ : पश्चिमी फ्रान्सको चोलेट शहरमा बिहीबार राति राष्ट्रिय दिवसको आतिशबाजीका कारण भएको दुर्घटनामा सात वर्षिय बालक र उनकी २४ वर्षीया दिदीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

फ्रान्सेली समाचार च्यानल बीएफएमटीभीका अनुसार सो दुर्घटनामा भाइबहिनीका आमाबुवासहित अन्य सात जना घाइते भएका छन्।

दुर्घटना राति ११:०५ बजे भएको थियो।  दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको बीएफएमटीभीले जनाएको छ।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्