Kathmandu Press

‘एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ’

काठमाडाैं, असार ३१ : एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ। नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद...
‘एक मस्तिष्क मरणबाट आठको ज्यान जोगिन्छ’

काठमाडाैं, असार ३१ : एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ। नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताए।

उनका अनुसार मिर्गाैला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ। 'एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,' उनले भने, 'खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचीरहने भयो।'

नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन्। जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उनको भनाइ छ। केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ। हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उनले जानकारी दिए। मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।

Hardik ivf

हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरिसक्नु भएको छ। केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघात पछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताए। आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उनले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताए। 'मैले पनि मस्तिष्क घातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु। समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ। अङ्गदानको महत्व धेरै छ,' उनले भने।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले अङ्दानबारे जनचेतना जगाउन आवश्यक रहेको बताए। उनले  सातवटै प्रदेशमा  मिर्गौला प्रत्यारोपण पुर्‍याउन तयारी गरिएको बताए। वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताए। उनले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण विस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताए।

'मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ । ह्वात्तै मानिस मर्दैन । सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ,' उनले भने, 'मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ।' उनले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताए।'धार्मिक अग्रजलाई अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ,' उनले भने, 'क्रिश्चियनले पनि अङ्गदान गरेको पाइन्छ। धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अङ्गदान गर्ने मानिस बढ्न सक्छ।'

कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकता नराखेको बताए। उनले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्नुपर्ने बताए। वरिष्ठ पत्रकार भैरव रिसाल अङ्गदान जस्तो विषयलाई जनचेतना जगाई सबैलाई अङ्गदान गर्न उत्प्ररित गर्नुपर्ने बताए। वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी स्वास्थ्य संवेदनशिल कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताए।

वरिष्ठ पत्रककार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताए। उनले शहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पुर्‍याउन आवश्यक रहेको बताए। इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अङ्गको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताए।

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले केन्द्रमा गरिएको अङ्ग प्रत्यारोपण ९९.९ प्रतिशत सफलता प्राप्त गरिएको बताए। उनले अङ्गदानका लागि सचेतना फैलाउन सके सबैले अङ्गदान दिनेसक्ने बताए। 'परिवारको सदस्य रोगी भएर सारा परिवार रोगी जिन्दगी बिताउनुभन्दा अङ्गदान गरेर त्यो रोगीलाई निको पार्ने वित्तिकै सारा परिवार र समाज सुखी हुन्छ। राष्ट्रको सम्पत्ति जोगिन्छ।,' उनले भने,'राष्ट्रलाई उत्पादनशिल नागरिक उत्पादन हुन्छ।'

श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढि गरेको छन्। पुरुषमा ८० प्रतिशत मिर्गाैला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ। उनले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गरे। उनले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरुपमा सस्तो पर्ने बताए। उनका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ।

सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ। सरकारले प्रतिबिरामी रु पाँच लाख ५० हजार दिने गरेको छ। हाल नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन्। नेपालमा वर्षेनी तीन हजार मिर्गाैलाका बिरामी थपिने गर्छन्।

प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्