Kathmandu Press

चिनियाँ राष्ट्रपति सीद्वारा पार्टीको नीति कार्यान्वयनमा जोड

काठमाडाैं, असार ३१ : राष्ट्रपति सी चिनफिङले नयाँ युगमा सिन्जियाङको शासन व्यवस्थाका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नीतिलाई पूर्ण र इमान्दारीपूर्वक कार्यान्वयन...
चिनियाँ राष्ट्रपति सीद्वारा पार्टीको नीति कार्यान्वयनमा जोड

काठमाडाैं, असार ३१ : राष्ट्रपति सी चिनफिङले नयाँ युगमा सिन्जियाङको शासन व्यवस्थाका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नीतिलाई पूर्ण र इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै सामाजिक स्थिरता र दिगो सुरक्षालाई प्रमुख लक्ष्यका रूपमा प्रस्तुत गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले मङ्गलबारदेखि शुक्रबारसम्म उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको निरीक्षण भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन्।

सो अवसरमा राष्ट्रपति सीले सिन्जियाङलाई एकताबद्ध, सुमधुर, समृद्ध र सांस्कृतिक रूपमा उन्नत, स्वस्थ पारिस्थितिक प्रणाली र सन्तुष्टिमा बस्ने र काम गर्ने मानिसहरूको क्षेत्रमा विकास गर्न समेत आह्वान गरेका छन्।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असार ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्