Kathmandu Press

श्रीलंकामा विक्रमसिंहेले लिए कार्यवाहाक राष्ट्रपतिको सपथ

काेलम्बाे, असार ३१ : श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन्। कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका विक्रमसिंहेले शुक्रबार प्रधानमन्त्रीकाे सपथ लिएका हुन्।आर्थिक...
श्रीलंकामा विक्रमसिंहेले लिए कार्यवाहाक राष्ट्रपतिको सपथ

काेलम्बाे, असार ३१ : श्रीलंकामा प्रधानमन्त्री रनिल विक्रमसिंहेले कार्यवाहाक राष्ट्रपतिको सपथ लिएका छन्। कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका विक्रमसिंहेले शुक्रबार प्रधानमन्त्रीकाे सपथ लिएका हुन्।

आर्थिक संकट गहिरिएका कारण आन्दोलन चर्किएपछि मुलुक छाडेर माल्दिभस हुँदै सिंगापुर पुगेका राष्ट्रपति गोटाबाय राजपक्षले बिहीबार राजीनामा दिएका थिए।

विक्रमसिंहेले प्रधानन्यायाधीश जयन्थ जयसुरियासामू सपथ लिएका हुन्। राजपक्षले नै विक्रमसिंहेलाई बुधबारै कार्यवाहाक राष्ट्रपतिमा नियुक्त गरेका थिए।

संविधान अनुसार विक्रमसिंहेले अबको केही समयसम्म कार्यवाहाक राष्ट्रपतिको जिम्मेवारी बहन गर्नेछन् भने शनिबारबाट सुरू हुने त्यहाँको संसद बैठकले नयाँ राष्ट्रपतिको निर्वाचनका लागि प्रक्रिया सुरू गर्ने बताइएको छ।

प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, असार ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्